काठमाडौं – नेपाली बजारमा आज बुधबार सुनको मुल्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यतोलामा १ सय रुपैयाँले घटेको हो। यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुनको मुल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij