काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिदबिक्री भएको छ । सोमबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij