२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

आज बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

1.7K
Shares

काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडले  निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७० र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij