काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक दिन थप गरेर श्रावण २६ गते सोमबारसम्म सञ्चालन हुने भएको छ। दर्शकको ठूलो चाप र प्रदर्शकको मागका आधारमा नाइमाले अवधि विस्तार गर्ने निर्णय गरेको हो।
श्रावण २१ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म चार दिनमै ६९ हजार ५ सय दर्शकले अवलोकन गरिसकेका छन्। पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय र शनिबार मात्रै २१ हजार ५ सय दर्शकले सहभागिता जनाएका थिए।
श्रावण २१ बुधबारदेखि २५ गतेसम्म ५ दिनका लागि तय गरिएको एक्स्पो अब अवलोकनकर्ताहरूको चाप र मागलाई ध्यानमा राख्दै श्रावण २६ गते, सोमबारसम्म सञ्चालन हुने नाइमाले जनाएको छ ।
५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी रहेको एक्स्पोमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन अवलोकन, सोधपुछ, बुकिङ र खरिदको सुविधा उपलब्ध छ। सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij