२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

2K
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij