पोखरा -सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्वपूर्ण कदमस्वरूप, पोखरा महानगरपालिकाले आज आफ्नो प्रथम नगर ऊर्जा योजना (Municipal Energy Plan – MEP) औपचारिक रूपमा सार्वजनिक गरेको छ।
पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, जसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुर्याउनेछ।
पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यले महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गर्नुभयो । कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्दन केन्द्र, काठमाण्डौंका उपकार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी, जिआईजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
ऊर्जा विकास उप–समितिद्वारा तयार गरिएको उक्त योजना GIZ नेपालको REEEP-GREEN कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार गरिएको हो । योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको थियो। यो योजना २०८१ फागुनमा पोखरा महानगरपालिकाबाट औपचारिक रूपमा अनुमोदन गरिएको छ ।
कुल रु. १ अर्ब ३३ करोड ३० लाख ८२ हजार (रु १,३३३,०८२,०००) को अनुमानित लागत रहेको यस योजनाले “समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा” को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा उर्जाका निम्न क्षेत्रहरूलाई पहिचान गरेको छ:
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मेयर आचार्यले सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्नेमा महानगरपालिकाको प्रतिबद्धता पुनः दोहोर्याउनु भयो। उहाँले पोखरालाई हरियाली र ऊर्जा–मैत्री शहर बनाउने यात्रामा यो योजनाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। साथै, तीनवटै सरकार (स्थानीय, प्रदेश र संघीय) बीच प्रभावकारी समन्वय कायम गर्न सके यस्ता महत्वाकांक्षी योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सकिने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
REEEP-GREEN परियोजनाबारे:
REEEP-GREEN कार्यक्रम युरोपेली संघ (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त वित्तीय सहयोगमा सञ्चालित कार्यक्रम हो। यो कार्यक्रम GIZ तथा यसका साझेदार संस्था ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय (MoEWRI) र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) सँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमले स्थानीय सरकारहरूसँग सहकार्य गर्दै समावेशी, दिगो र लैंगिक उत्तरदायी ऊर्जा योजना तथा क्षमता विकासमा निरन्तर सहयोग पुर्याउँदै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij