२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा गिरावट, ९ अर्ब ३३ करोडको कारोबार

शेयर बजारमा गिरावट, ९ अर्ब ३३ करोडको कारोबार

1.7K
Shares

काठमाडौं-साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७८ अकंले घटेर २८३३.५७ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

आज ४६ कम्पनीको शेयर मुल्य बढेको छ भने २०४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आ यस कम्पनीको ३९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार विकास बैंकको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । आज विकास बैंकको शेयर मूल्य २.४६ प्रतिशतले घटेको हो । साथै, वाणिज्य बैंक समूहको १.०८ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशत, इन्भेष्टमन्ट समूहको १.७१ प्रतिशत र जीवन बीमा समूहको १.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij