काठमाडौं – सवारी साधन निर्माता कम्पनी बजाज अटो लिमिटेडले नेपालमा अत्याधुनिक विद्युतीय स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक गरेको छ। ३.५ किलाेवाट आवर ब्याट्री क्षमतासहितको चेतक ३५०१ ले एकपटक चार्ज गर्दा १५३ किमीको अद्वितिय रेञ्ज प्रदान गर्छ।
जुन नेपालका सहरी र सबै भौगोलिक विविधताका लागि उपयुक्त छ। यसको फास्ट चार्जिङ प्रविधिले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्दै स्कुटरलाई ३ घण्टामा ८० प्रतिशत चार्ज गर्ने कम्पनीको भनाइ छ। पूर्ण मेटल बडी र आइपी६७ वाटर-रेसिस्टेन्ससहित, चेतक ३५०१ ले नेपालको विविध मौसममा पनि भरपर्दो प्रदर्शन गर्छ।
यसको नयाँ फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण ३५ लिटरको अन्डर-सिट स्टोरेज (इभी सेग्मेन्टमै सबैभन्दा ठूलो) ले स्पेस र कम्फर्ट दुबै बढाउँछ।
बजाज अटो लिमिटेडका एसिया क्षेत्रका उपाध्यक्ष मनीष थपारले भने, ‘नेपालमा चेतक ३५०१ को लन्चले भारतबाहिर पनि विद्युतीय दुई-पांग्रे बजारमा हाम्रो निरन्तर प्रगतिको गतिलाई प्रतिनिधित्व गर्दछ। यो मोडेल क्लासिक चेतकको सुन्दरता र स्मार्ट टेक्नोलोजीको अद्वितीय संयोजन गर्दै आजका प्रविधिमैत्री युवा राइडरहरूको लागि डिजाइन गरिएको हो। यो सुरुवातसँगै, हामी नेपालमा इभी अनुभवलाई उत्कृष्टताको नयाँ आयाम ल्याउन पाउँदा खुसी छौं।’
चेतक ३५०१ काठमाडौंको आधिकारिक डिलरशिपमा बुकिङको लागि उपलब्ध छ। एक्स-शोरूम मूल्य तीन लाख २४ हजार ९०० रूपैयाँ तोकिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij