२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आशा लघुवित्तको खुद नाफा बढ्यो

आशा लघुवित्तको खुद नाफा बढ्यो

1.8K
Shares

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४८.२८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७.४७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.७६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५०.०५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५५.३६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको छ।

७३ करोड ३० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष्मा ५३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यस्म्ममा ९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १९ रुपैयाँ १८ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ३१.३८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij