२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा

1.9K
Shares

काठमाडौं –  नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।

यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।

१५ दुईपांग्रे, १५ चारपांग्रे र ५ व्यवसायिक नयाँ सवारीसाधनहरू सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको समुचित व्यवस्था मिलाइँदैछ।

प्रदर्शनी केन्द्र निर्माणको कार्यमा व्यस्त मिडिया स्पेस सोलुसनस्का संस्थापक श्रीजल भट्टराई भन्छन्, ‘यो पालिको एक्स्पोमा उपभोक्ताहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले नेपालमै पहिलो पटक डबल प्लाई सहितको अन्तर्राष्ट्रिय सत्कारको संरचना निर्माण गर्दैछौं।’

प्रदर्शनीको प्रवेश टिकट खल्ती बाई आइएमई एपमार्फत अग्रिम खरिद गर्न सकिन्छ। यसका साथै सधैंभरी पार्किङ समस्याले सताउने प्रदर्शनी स्थलमा यस पटक भने पार्किङ व्यवस्थाको लागि नाइमाले पठाओसँगको सहकार्यमा भृकुटीमण्डप गन्तव्य हुने राइडहरूमा ३० प्रतिशतसम्मको छुट व्यवस्था गरेको छ।

नाइमाको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij