काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको पहिलो चरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आईपीओ बाँडफाँड सम्पन्न गरेको हो ।
पहिलो चरणको आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।
कम्पनीले पहिलो चरणमा २३ हजार १ सय कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।
मधेश प्रदेश कार्य क्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहामा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij