२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार

1.8K
Shares

काठमाडौं – आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.५० अकंले घटेर २,९२२ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । यसदिन सर्वाधिक शेयर मूल्य घट्नेमा वाणिज्य बैंक समूहको १.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०७ प्रतिशत, हाइडोपावर समूहको १.३१ प्रतिशत, जीवन बीममा समूहको १.५५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.५८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij