२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शिव श्री हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन

आज शिव श्री हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन

1.4K
Shares

काठमाडौं – शिव श्री हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने साउन १५ गते, बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात साउन १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij