२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ‘आरबिबिएल डिबेञ्चर २०८८’ सूचीकृत

नेप्सेमा ‘आरबिबिएल डिबेञ्चर २०८८’ सूचीकृत

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा “आरबीबीएल डिबेञ्चर २०८८” सूचिकृत भएको छ । आज साउन १४ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो । नेप्सेमा यस ऋणपत्र ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ ‘ नाम र स्टक संकेत ‘आरबिबिडीट ८८’ बाट सूचीकृत गरिएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन ७ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो । उक्त ऋणपत्रको दोस्रो बजारमाभोलि साउन ५ गतेबाट कारोबार शुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij