२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लघुवित्तकाे खुद नाफा ९ करोड १७ लाख

हिमालयन लघुवित्तकाे खुद नाफा ९ करोड १७ लाख

1.6K
Shares

काठमाडौं- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा २० लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.५० प्रतिशत र अन्य सञ्चालन आम्दानी १८.४८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५२.७७ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३५ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष १३ करोड ११ लाख रुपैयाँ धनात्मक रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९३ करोड २८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९२ करोड ४६ रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६३ पैसा ऋणात्मकबाट २८ रुपैयाँ ७० पैसा धनात्मक भएको हो। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij