काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आज साउन १३ गते आइपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशनका लागिड अनुमति पाएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij