काठमाडौं – ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। १ अर्ब ९५ करोड लागतमा निर्माण भएको रिसोर्टको व्यवस्थापन अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले लिएको छ।
निर्माण सुरू भएको करिब ६ वर्षपछि रिसोर्ट पूर्ण रूपमा तयार भई सञ्चालन गर्न लागिएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगामी दसैंअघि रिसोर्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
यो रिसोर्टमा ८३ वटा कोठा, ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, २ वटा रेस्टुरेन्ट रहेका छन् । साथै, ३ सय भन्दा बढी क्षमताको इभेन्ट प्यालेस पनि रहेको छ ।
रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij