काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा आउने अवलोकनकर्तालाई पार्किङ समस्या नहुने भएको छ ।
सोमबार नाइमाले काठमाडौंमा पत्रकार सम्मलेन गर्दै नाइमाकी अध्यक्ष रीतुसिंह वैद्यले मोबिलिटी एक्स्पोमा आउने अवलोकनकर्ताका लागि भृकुटीमण्डपमा नेपाल पुलिस क्लबको ब्लू बिल्डिङमा पार्किङ व्यवस्था गरिएको जानकारी दिइन् । साथै त्यहाँ २५० बढी कार पार्किङ गर्न सकिने बताइन् । त्यसका साथै एक्स्पोमा आउने र जानको लागि पठाओमा विशेष छुटको व्यवस्था रहेको छ ।
उनले मोटरसाइकल/स्कुटरका लागि भृकुटीमण्डम भित्रै पार्किङ व्यवस्था मिलाइएको जानकारी दिइन् ।
एक्स्पो यही साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
यसमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् । प्रर्दशनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij