काठमाडौं – अमेरिकाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गत नेपालमा कार्यान्वयन गरिरहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गतका परियोजनालाई निरन्तरता दिने भएको छ। अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो। यसअघि नेपालमा रहेको अमेरिकी दूतावासले एमसीसीले निरन्तरता पाउने जनाएको थियो।
अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले अमेरिकाले यसबारे पुनरवलोकन कार्य सकेको र नेपाल कम्प्याक्टको निरन्तरताको लागि सिफारिस भएको जानकारी प्राप्त भएको बताए।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij