२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकका ग्राहकले हेयर एण्ड शान्तिमा छुट

एनआइसी एसिया बैंकका ग्राहकले हेयर एण्ड शान्तिमा छुट

1.6K
Shares

काठमाडौं – एनआइसी एसिया बैंक र लिजा श्री इन्टरप्राइजेजबीच बैंकका ग्राहकहरूलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतापछि यस बैंकका ग्राहकहरूले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आइप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन्।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij