२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

1.3K
Shares

नवलपरासी- यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेका छन् ।

तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गर्नुभएको छ । उहाँले बारीमा ४२४ वटा बोट रोपेका छन् । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो ।

‘युट्युब’बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरुआत गर्नुभएको थियो । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाएका थिए । कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उनले बताए । उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएका छन् ।

“मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालँे, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउछन् । यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ”, जिसीले भने ।

गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थाल्नुभएको छ । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसकेका छन् ।

बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उहाँले बिक्री गर्दै आएका छन् । पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij