काठमाडौं – नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बिवाइडी सिलायन–७ सार्वजनिक गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीले उक्त मोडलको गाडी सार्वजनिक गरेको हो। सिलायन–७ प्रिमियम इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा प्रतिस्पर्धाको रूपमा देखिएको छ।
बिवाइडी सिलायन–७ एक सय किलोवाटको रियर–व्हील ड्राइभ कन्फिगरेसनमा उपलब्ध छ। जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन र लामो दुरी क्षमताको लागि इन्जिनियरिङ गरिएको छ।
यो मोडेल बिवाइडीको ओसियन सिरिजको हिस्सा हो। कम्पनीका अनुसार ग्राहकले गाडीको मूल्य ७४ लाख ९९ हजार तोकिएको छ। तर सीमित अवधिको लागि ग्राहकले ७२ लाख ९९ हजार रूपैयाँमा यो गाडी खरिद गर्न सक्नेछन्।
गाडीमा ७१.८ किलोवाट ब्याट्री क्षमता छ। जसले एक पटक पूरा गाडी चार्ज गरेपछि चार सय ४० किलोमिटर रेन्ज दिन्छ।सुरूआती चरणमा गाडी किनेको दश वर्ष वा दुई लाख किलोमिटरसम्म गुड्दा ब्लेड ब्याट्रीमा वारेन्टी पाउँछन्।
त्यस्तै, इलेक्ट्रिक मोटरमा दश वर्ष वा १ लाख ८७ हजार पाँच सय किलाेमिटर र पुरै सवारी साधनमा सात वर्ष वा एक लाख ५० हजार किलोमिटर गुड्दासम्म वारेन्टी सुविधा पाउँछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij