२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया

जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया

1.5K
Shares

काठमाडौं – जानकी केवल इण्डस्ट्री लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो ।

क्षिरेश्वरनाथ नगरपालिका–४, धनुषास्थित कारोवार कार्यालय रहेको जानकी केवल इण्डस्ट्रीले कम्पनीको प्रबन्धपत्र र प्रचलित कानुनअनुसार आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन एनआईसी क्यापिटलसँग दुई पक्षीय सम्झौता गरेको हो ।

एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत, कम्पनी स्थापना कालदेखि लिएर सार्वजनिक सेयर निष्कासनसम्मका सम्पूर्ण परामर्श सेवा दिइँदै आएको छ । यसै सेवा अन्तर्गत जानकी केवल इण्डस्ट्री सार्वजनिक कम्पनीमा रूपान्तरण हुँदै सेयर निष्कासन प्रक्रियामा प्रवेश गर्न लागेको हो ।

क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीका अनुसार, पब्लिक कम्पनीमा रूपान्तरण भएर सेयर निष्कासन गर्न चाहने अन्य कम्पनीहरूले पनि परामर्श सेवा लिन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij