२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा सामान्य वृद्धि, १८ अर्ब ४९ करोड माथिको कारोबार

शेयर बजारमा सामान्य वृद्धि, १८ अर्ब ४९ करोड माथिको कारोबार

1000
Shares

काठमाडौं -साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३.७६ अंकले बढेर २,९८२ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७७ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सामान्य बढेको बजारमा आज नेप्से उपसमूहमा ५ वटा समूह बढेका छन् ८ वटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७६ प्रतिशतले घटेको छ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij