काठमाडौं- नेपालका १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि बंगलादेशी कम्पनी ‘हउलदार युनुस एन्ड कम्पनी’ चयन गरिएको छ।
राष्ट्र बैंकले उक्त कम्पनीलाई लेखापरीक्षण गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। लेखापरीक्षणले कर्जाको गुणस्तर मूल्यांकन र खराब कर्जाको अवस्थाबारे जानकारी दिनेछ।
उक्त कम्पनीले ६२ लाख ५४ हजार रूपैयाँ र २ लाख ७१ हजार डलर (करिब तीन करोड ७१ लाख रूपैयाँ) भुक्तानी पाउने छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सुझाव तथा सहयोगमा नेपालका ठूला १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न लागेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij