काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । आज बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij