२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउन १४ गतेदेखि झापा इनर्जीले आईपीओ निष्कासन गर्ने

साउन १४ गतेदेखि झापा इनर्जीले आईपीओ निष्कासन गर्ने

1.3K
Shares

काठमाडौं – साउन १४ गतेदेखि झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३८ करोड १९ लाख रुपियाँबराबरको शतप्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ३८ लाख १ हजार ९०० कित्ता शेयर निष्कासन गर्न असार ३१ गते अनुमति पाएको थियो ।

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५ लाख ७० हजार २८५ कित्ता कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा​ झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ का बासिन्दाले आवेदन दिन सक्नेछन् । प्रभावितले आयोजना स्थान शिवसताक्षी वडा नं. ४, हिमालयन बैंकका शाखाहरू दूधे, दमक, सुरुंगाका साथै माछापुच्छ्रे बैंकको शाखा सुरुंगा, दमकमा पनि दरखास्त फाराम प्राप्त गर्न सक्नेछन् । ती फाराम सोही स्थानमा बुझाउन सकिनेछ ।

आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij