२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छ्याङ्दी हाइड्रोले अवितरित हकप्रद लिलाममार्फत बिक्रीमा ल्याउँदै

छ्याङ्दी हाइड्रोले अवितरित हकप्रद लिलाममार्फत बिक्रीमा ल्याउँदै

945
Shares

काठमाडौं – छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि साउन १४ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आर्दशनगर–वीरगंज, हेटौँडा, नारायणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही–दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij