२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक

बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक

1.8K
Shares

काठमाडौं – बेष्ट फाइनान्स लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ । कम्पनीले जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, वातावरण संरक्षण र हरित अर्थतन्त्र प्रवर्द्धनको अभियानलाई सघाउ पुर्याउने उद्देश्यसहित सो प्रडक्ट सार्वजनिक गरेको हो ।

नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ लाई मार्गदर्शक मान्दै सार्वजनिक गरिएको यो निक्षेप योजना बेष्ट फाइनान्सको ग्रीन फाइनान्सिङतर्फको महत्वपूर्ण मानिएको छ ।
बेष्ट फाइनान्सले ग्राहकबाट संकलन हुने हरेक ग्रीन सेभिङ्स डिपोजिटवापत एक बिरुवा रोप्ने व्यवस्था मिलाएको छ । स्थानीय निकायहरुसँग सहकार्य गर्दै बिरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने तथा पाँच वर्षपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यको संयोजन गरिएको छ । उक्त अभियानको कार्यान्वयनका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ ।

यस सहकार्य सम्बन्धी सहमतिपत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाण्डौं) का एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

बेष्ट फाइनान्स, लायन्स क्लब र गोदावरी नगरपालिका वडा नं १ को संयुक्त आयोजनामा गोदामचौरस्थित खाली जग्गामा ५०० बिरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, लायन्सका चिन्तन बज्राचार्य, बालकुमार पाण्डे लगायत ५० भन्दा बढी क्लब प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij