२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा उच्च अंकको वृद्धि, १६ अर्ब ५९ करोडको कारोबार

शेयर बजारमा उच्च अंकको वृद्धि, १६ अर्ब ५९ करोडको कारोबार

875
Shares

काठमाडौं –  साताको अन्तिम कारोबार दिन बिहीबार   नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक ७५ .८४ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ ।  आज ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै सूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको १.९७ प्रतिशत, विकास बैंक समूहको २.०५ प्रतिशत, फाइनान्स समूहको ३.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशत, हाइड्रोपावर समूहको ३.१५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.३३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij