२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

635
Shares

काठमाडौँ- नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई एक निर्देशन दिँदै सबै विवरण उपलब्ध गराउन भनेको छ । प्राधिकरणले आगामी आर्थिक वर्षका लागि आआफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिकलगायत कार्यालय, व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले सबै जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा÷शाखा÷प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ ।

बीमकले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बिमा शुल्क भुक्तानी हुने बिमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेका छन् ।

यस्तै, बीमक ठूलो रकमको बिमा शुल्क सङ्कलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बिमा अवधि नपुग्दै बिमालेख व्यतित तथा समर्पण हुनेलगायत समस्या देखापरेको छ । त्यसबाट गुणस्तरीय एवं भरपर्दो बिमा सेवा प्रवाहमा चुनौती थपिएका सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij