२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कार्बन व्यापारको लाभ समान रूपमा वितरण हुनुपर्छः महामन्त्री थापा

कार्बन व्यापारको लाभ समान रूपमा वितरण हुनुपर्छः महामन्त्री थापा

1.1K
Shares

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्ने बताउनुभएको छ ।

थाइल्याण्डमा आयोजित एसिया क्लाइमेट समिटलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले विगतको स्वच्छ विकास सयन्त्रमा नेपालले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– “यसपटक भने विगतका गल्तीहरू नदोहो¥याउने गरी कार्बन व्यापारसँग सम्बन्धित काम गर्ने हाम्रो चाहना रहेको कुरा मैले जानकारी गराएँ । नेपालसँग कार्बन क्रेडिटमार्फत विकास वित्तको ठूलो अवसर छ । हाम्रो वन–जङ्गल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूले कार्बन व्यापारमा महत्वपूर्ण योगदान दिन सक्छ ।”

सम्मेलनमा विभिन्न देश र कम्पनी नेपाल सरकार र निजी क्षेत्रसँग काम गर्न इच्छुक रहेको पाइएको महामन्त्री थापाले बताउनुभयो । यो विषय समय–संवेदनशील भएकाले ढिलाइ गर्नुनहुने उल्लेख गर्दै उहाँले त्यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम छिटो सम्पन्न गर्न जरुरी रहेको र तत्काल काममा जुट्नुपर्ने उहाँले बताउनुभयोे । महामन्त्री थापा आजै स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij