२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

आजदेखि स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

1.3K
Shares

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागिएको हो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपियाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
मधेस प्रदेशलाई कार्य क्षेत्रका रूपमा राखेको स्वस्तिक लघुवित्तको मुख्यालय सिरहा जिल्लामा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij