काठमाडौं -लघुवित्त कम्पनीहरूको अत्यधिक ब्याजदर नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ। अब लघुवित्त वित्तीय संस्थाहरूले तोकिएको सीमा भन्दा बढी ब्याज लिन नपाउनेछन्।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूको पछिल्लो मासिक औसत आधार दरमा अधिकतम ९ प्रतिशत बिन्दु थप गर्दा आउने दरभन्दा बढी ब्याज लिन नपाइने व्यवस्था लागू गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij