२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना

सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना

1.2K
Shares

भक्तपुर- सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ ।

प्रदेश स्वास्थ्यमन्त्री किरण थापा सोही वडाका तत्कालीन वडाअध्यक्ष हँुदा विसं २०७७ मा १० शय्याबाट सेवा सुरु भएको अस्पताल बुधबार उहाँ स्वास्थ्यमन्त्री भएकै बेला ५० शय्यामा विस्तार भएको हो ।

मन्त्री थापाले यसबारे भन्नुभयो, “कोरोना महामारीले जर्जर अवस्था थियो, म वडाध्यक्ष थिएँ, एमाले नेता महेश बस्नेत सांसद हुनुहुन्थ्यो । नगरपालिकाको प्रमुख अहिलेकै प्रमुख वासुदेव थापा हुनुहुन्थ्यो, हामी सबैको अठोट र साथले नेपाल सरकारको २५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गरेर सेवा सुरु गरेका थियौँ । त्यसको चार वर्षपछि म स्वास्थ्यमन्त्री हुँदा नै ५० शय्यामा विस्तार गर्न पाउँदा खुसी लागेको छ ।”

सूर्यविनायक नगर अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरका रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । पूर्वका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने अन्तिम नाका जगाती भएकाले राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचार गर्ने उद्देश्यले यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नेगरी कार्य अगाडि बढाइएको मन्त्री थापाले जानकारी दिनुभयो ।

“मन्त्रालयले आवश्यकताअनुसार थप जनशक्ति, उपकरण र बजेटको व्यवस्थापन गर्छ । अरनिको राजमार्गसँग जोडिएको यस अस्पतालमा भक्तपुरको मात्रै नभई पूर्वबाट आउने बिरामीलाई काठमाडौँ जानै नपर्नेगरी विकास तथा विस्तार गर्न आवश्यक छ । सोहीअनुसार लागिरहेका छौँ”, उहाँको भनाइ छ ।

सूर्यविनायक नगरपालिका प्रवक्ता एव वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको र गुणस्तरीय सेवा सञ्चालनका लागि नगरपालिकाले बजेटल्ग्ँइत् व्यवस्थापन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij