२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो अंकको बृद्धि, ९ अर्ब ७४ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको बृद्धि, ९ अर्ब ७४ करोडको कारोबार

585
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज शेयर बजार नेप्से परिसूचक ३४.४२ अंकले बढेर २,६९४ को विन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोेबार भएको छ ।

आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज जीवन बीमा समूहको २.८५ प्रतिशत, फाइनान्स समूहको २.१७ प्रतिशत, बैंकिङ समूहको १.३९ प्रतिशत, विकास बैक समूहको १.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij