२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कार्यक्रम व्यवस्थापन संघको अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित

कार्यक्रम व्यवस्थापन संघको अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित

1.4K
Shares

काठमाडौं -कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन ।

राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल,कोषाध्यक्षमा मनोज थापा,सहसचिवमा भागिरथ कुमार पोखरेल,सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान,रामकृष्ण श्रेष्ठ,राहूल बन्जाडे,पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए ।

निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए ।

प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथि डा.अर्पणा शाह लगायतका अतिथिअरुले प्रमाण पत्र सहित वधाई दिएका थिए ।

अधिवेशन तथा चुनावी सभालाई पर्येवक्षकका रुपमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी रहेका थिए । देशभरका १२० भन्दा वढि ईभेन्ट आयोजक तथा कम्पनीहरुको सहभागिता रहेको सोही महाधिवेशनबाट ३ जनालाई सल्लाहकार चयन गरिएको थियो ।

वरिष्ठ चिकित्सक एवं गीतकार डा.भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ्ग अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गर्भनर डा.सुशिला मल्ललाई सल्लाहकारको प्रमाण पत्र प्रदान गरिएको थियो । सोही समारोहमा संघका निवर्तमान अध्यक्ष लव बहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विएम आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij