२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

द मिसेस नेशनल ग्राण्डको उपाधी लक्ष्मी देवीले जितिन्

द मिसेस नेशनल ग्राण्डको उपाधी लक्ष्मी देवीले जितिन्

1.8K
Shares

काठमाडौं – बिबाहित महिलाहरुबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्।
क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै लक्ष्मी द मिसेस नेशनल ग्रयाण्ड २०२५ को उपाधि चुम्न सफल भएकी हुन्। प्रतियोगिताको प्रमूख उपाधि विजेता लक्ष्मी देवीले मोस्ट फोटोजेनिकको उपउपाधिलाई पनि आफ्नो  बनाइन्।
रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको द मिसेस नेशनल प्रतियोगितामा जुनु कार्की द मिसेस नेशनल प्लाटीना र अनिता खड्का द मिसेस नेशनल क्लासिकको ताज चुम्न सफल भए। प्रतियोगितामा द मिसेस नेशनल प्लाटीना विजेता जुनु कार्की मोस्ट ट्यालेन्टेट र मोस्ट पपुलर उपउपाधिको विजेता समेत भईन्। त्यसै गरी द मिसेस नेशनल क्लासिक विजेता अनिता खड्का मोस्ट इन्टिलीजेन्ट र भ्युअर्स च्वाईस उपउपाधि विजेता पनि भइन्।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको सो प्रतियोगितामा सरिता वाइवा मोस्ट ग्रेसफुल, रोशनी झा मोस्ट एलिगेन्ट, सरिता खड्का बेस्ट वाक, रीता गामी टाइमलेस व्युटी, लक्ष्मी सुवाल मोस्ट कन्फिडेन्ट, नीलम श्रेष्ठ बेस्ट स्माइल, श्वेता भुषाल मोस्ट एक्टिभ, सरस्वती रावत बेस्ट फिगर, विजया श्रेष्ठ मोस्ट फ्रेन्डली, राधिका सिलवाल मोस्ट डिसिप्लन, सिर्जना विष्ट मोस्ट करिश्म्याटिक, रोजी कायस्थ वेस्ट लिडरसिप, अस्मिता बजगाईं मोस्ट क्रियटीभ, सविता परियार मोस्ट स्टाइलीस, रीना कुशवाह मोस्ट इन्सिपाइरिङ, बुनु विष्ट बेस्ट पर्सनालिटी र आरती महतो मिसेस फेसनिस्टा उपउपाधि बिेता भए।
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको प्रमूख निर्णायक अभिनेत्री गौरी मल्ल थिइन्। त्यसै गरी फिल्म निर्देशक तथा अभिनेता मनिष राउत, कलाकार दीपक कोइराला, एभरेष्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ र समाजसेवी नानु सिंह निर्णायक रहेका थिए।
प्रतियोगिताको आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई घरको चार घेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेशनलको आयोजना गरिँदै आएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij