काठमाडौं -नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा घटेको छ । आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij