२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कैलाली भन्सार कार्यालयले ११ महिनामा  ७ अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली भन्सार कार्यालयले ११ महिनामा  ७ अर्ब ८१ करोड राजस्व सङ्कलन

715
Shares

कैलाली- कैलाली भन्सार कार्यालयले ११ महिनामा  सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ  दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ  दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ  १९ करोड ५१ लाख र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ ।

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ । चालु आवको साउनमा  ५७ करोड ५० लाख, भदौमा  ५३ करोड ८४ लाख, असोजमा  ६७ करोड २४ लाख, कात्तिकमा  ६२ करोड ७८ लाख, मङ्सिरमा  ८१ करोड १३ लाख र पुसमा  ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी माघमा  ७३ करोड दुई लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा  ७८ करोड ८० लाख, वैशाखमा  ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको छ । बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए ।

गत आवमा  ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा  सात अर्ब ९१ करोड ८० लाखमात्र सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij