काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९० अकंले घटेर २,६५४ बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.३३ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशतले शेयर मूल्य घटेको हो ।
मंगलबार ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij