काठमाडौं – मधेश प्रदेशले आर्थिक वर्ष २०८१/८२ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
बजेटको संरचना हेर्दा चालू खर्चका लागि १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसबाट प्रदेश सरकारले पूर्वाधार विकास र सेवाप्रवाहमा सन्तुलन कायम गर्ने प्रयास गरेको देखिएको छ ।
प्रदेश सरकारले आन्तरिक स्रोतबाट ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ७२ करोड १९ लाख रुपैयाँ, सशर्त अनुदान ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदान ३९ करोड ४५ लाख र मपूरक अनुदान ३५ करोड ८२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
यसबाहेक, राजस्व बाँडफाँटबाट १ अर्ब ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। अघिल्लो वर्षको नगद मौज्दातमार्फत १० अर्ब ३८ करोड रुपैयाँ उपयोग गरिनेछ भने बाँकी २ अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij