२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो

नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो

900
Shares

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५ दशमलव शून्य आठको कारोबार भएको छ । जलविद्युत् समूह एक दशमलव १३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेका छन् ।

आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेड, प्युअर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ८९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी रु ६१ करोड ५७ लाख १७ हजार १४४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको सबैभन्दा बढी १० लाख ८९ हजार ५४८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij