२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भन्सार छलेर भित्र्याइएका सामान बरामद

भन्सार छलेर भित्र्याइएका सामान बरामद

430
Shares

पर्सा- सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर–१० बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको रु सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले बिआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ ।

बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्रले वीरगञ्ज महानगर–१० तथा १६ बाट विभिन्न सीमानाकाबाट रु दुई लाख ४८ हजार १०१ बराबरको कपडा तथा मसला बरामद गरेको छ । मङ्गलबार नै सशस्त्र प्रहरीले बिन्दवासिनि गाउँपालिका प्रसौनिबाट भारतबाट अवैध रूपमा भन्सार छली बिआर२२यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको रु २३ हजार ३८० मूल्यका किरानाका सामान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij