२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुक क्लोज कहिले?

हिमालयन लाइफले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुक क्लोज कहिले?

1.2K
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा असार १० गते गर्ने भएको छ । सो सभा आम्रपाली बैक्वट भाटभटेनी नक्सालमा विहान १०ः३० बजे गर्ने भएको हो । कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरणा गर्ने प्रस्ताव गरेको छ। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८०र८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

सभाले संचालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने (हालको लेखापरीक्षक एससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०र८१ मा भएको खर्चको अनुमोदन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij