२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुन मन्त्रालयले कति बजेट ? (सूचीसहित)

कुन मन्त्रालयले कति बजेट ? (सूचीसहित)

840
Shares

काठमाडौं -सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये बजेट विवरण अनुसार केही मन्त्रालयको बजेटमा उल्लेखनीय वृद्धि देखिएको छ भने केहीमा कटौती गरिएको छ।

यो वर्ष सबैभन्दा धेरै बजेट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २ खर्ब ११ अर्ब १६ करोड छुट्याइएको छ । त्यस्तै, गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५१ अर्ब ९९ करोड, सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, मन्त्रालयगत खर्चमध्ये सबैभन्दा कम कानून न्याय तथा संसदीय मन्त्रालयको ५३ करोड ५६ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय २ अर्ब ८ करोड रहेका छन् ।

 

कुन मन्त्रालयलाई कति बजेट  ?

  • शिक्षा २ खर्ब ११ अर्ब १७ करोड
  • भौतिक तथा यातायात १ खर्ब ५२ अर्ब
  • शहरी विकास १ खर्ब १८ अर्ब ३४ करोड
  • स्वास्थ्य तथा जनसंख्या ९५ अर्ब ८१ करोड
  • ऊर्जा तथा जलस्रोत ८६ अर्ब १ करोड
  • कृषि तथा पशुपन्छी ५७ अर्ब ४८ करोड
  • खानेपानी ३३ अर्ब ८९ करोड
  • वन तथा वातावरण १८ अर्ब ६१ करोड
  • संस्कृति तथा पर्यटन १३ अर्ब २८ करोड
  • उद्योग तथा वाणिज्य १० अर्ब १४ करोड
  • सञ्चार ७ अर्ब ७२ करोड
  • भूमि व्यवस्था ७ अर्ब ४९ करोड
  • युवा तथा खेलकुद ६ अर्ब ८ करोड
  • श्रम ४ अर्ब २८ करोड
  • महिला बालबालिका २ अर्ब ८ करोड

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij