काठमाडौं – त्रिभुवन विमानस्थलमा बढ्दो चापलाई नियन्त्रण गर्न र विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका छन्। यो विमानस्थललाई बुटिक विमानस्थनमा रुपमान्तरण गरिने छ ।
आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षाको जोखिम सूचीबाट बाहिर ल्याउन उपयुक्त कदम चाल्ने र आन्तरिक हवाईउडानमा पहुँच वृद्धि गर्न आवश्यक कदम चालिने पनि पौडेलले बताएका छन्।
संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij