२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी

पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी

580
Shares

काठमाडौँ- पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी आएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सञ्चित कोषमा प्राप्त वैदेशिक अनुदान रु २४ अर्ब एक करोड र वैदेशिक ऋण रु एक खर्ब १३ अर्ब २७ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति रु एक खर्ब ३७ अर्ब २८ करोड रहेको छ ।”

यस अवधिको कुल वैदेशिक सहायता प्राप्तिमध्ये ऋण र अनुदानको अंश क्रमशः ८२ दशमलव पाँच प्रतिशत र १७ दशमलव पाँच प्रतिशत रहेको सरकारले जनाएको छ । आव २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति दुई दशमलव चार प्रतिशत रहेको छ । “चालु आवको फागुनसम्म वैदेशिक अनुदान रु नौ अर्ब १६ करोड र वैदेशिक ऋण रु ६५ अर्ब ७४ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति रु ७४ अर्ब ६३ करोड पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव आठ प्रतिशतले बढी हो”, सर्वेक्षणमा भनिएको छ ।

चालु आवको फागुनसम्म सार्वजनिक वित्तका परिसूचक सामान्य रहेका छन् । सङ्घीय राजस्व परिचालन १२ दशमलव छ प्रतिशतले वृद्धि भएकाले यस अवधिमा सरकारको बजेट घाटा र वित्त घाटामा सुधार भएको छ । प्राथमिक सन्तुलन र राजस्व सन्तुलन दुवै बचतमा रहेका सर्वेक्षणमा उल्लेख छ । वैदेशिक सहायता प्रतिबद्धतामा भने उल्लेख्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij