२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५.२१ अंकको गिरावट, ७ अर्ब ५८ करोडको कारोबार

नेप्से ५.२१ अंकको गिरावट, ७ अर्ब ५८ करोडको कारोबार

1.7K
Shares

काठमाडौं – मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछिको पहिलो कारोबारमा शेयर बजारमा झिनो गिरावट आएको छ। आज नेप्से ५.२१ अंकले घट्दा २६७४ को विन्दुमा कायम भएको छ। ३३७ सूचीकृत कम्पनीको १ करोड ७१ लाख ६० हजार ६ सय २५ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ५८ करोडको शेयर कारोबार भएको छ। चारउपसूचक बाहेक सबैमा गिरावट आएको छ।

आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

बैंकिङ्ग, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ्ग बोहक सबै उपसूचक राताम्मे भएको छ। ट्रेडिङको उपसूचकमा भने आज उछाल आएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूह उकालो लागेको छ भने ११ वटा ओरालो लागेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७९ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक १.५० प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij