२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘म्यान अफ द वल्र्ड २०२५’मा सहभागी हुन दुलाल उडे फिलिपिन्स

‘म्यान अफ द वल्र्ड २०२५’मा सहभागी हुन दुलाल उडे फिलिपिन्स

900
Shares

काठमाडौंँ – ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ विजेता आयुष दुलाल फिलिपिन्स उडेका छन् । फिलिपिन्समा मे २३ देखि ३१ तारिखसम्म आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘म्यान अफ द वल्र्ड २०२५’मा सहभागी हुन उनी विहिबार राती त्यसतर्फ उडेका हुन् ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ‘मिष्टर नेपाल २०२३’ विजेता समर्पण कार्की, निमेश कपाली, ‘मिष्टर वल्र्ड २०२४’ सन्तोष लोक्सम, ‘मिष्टर ग्लोबल २०२४’ योगेश श्रेष्ठ, मिष्टर नेपालको रिजनल डाइरेक्टर सन्दीप केसी, नेशनल डाइरेक्टर रवि धमला, नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यतना पाण्डे लगायतले विदाई गरेका थिए ।
दुलालले ‘मिस्टर नेपाल २०२४’मा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ जित्दै यो अवसर प्राप्त गरेका हुन् । प्रतियोगीतामा उनले ‘बेस्ट पर्सनालिटी’को अवार्ड जितेका थिए । ३५ बढी देशका सहभागी रहने प्रतियोगीतामा दुलाल नेपालको एक्लो प्रतिनिधि हुन् ।
प्रतियोगीतामा नेपाली कलासंस्कृति चिनाउन दुलालले नेशनल कस्ट्युम राउण्डका लागि बिभिन्न नेवारी कलासंस्कृति झल्कने नेपाली ड्रेस तयार पारेका छन् । त्यसका अलवा खुकुरीमा नेपालको झण्डा भएको गिफ्ट समेत सबै सहभागीलाई दिन लिएर गएका छन् ।
‘प्रतिस्र्धाको माध्यमबाट अन्य देशका सहभागीसँग जोडिएपनि उनीहरुसँग म दाजुभाईको सम्बन्ध बनाउनेछु’, दुलालले भने ‘नेपालको हिमाल, बुद्ध लगायतको बर्णन गरेर नेपाल भ्रमणको निम्तो समेत दिनेछु ।’ आफुले नेपालका कल्चर प्रचार र पर्यटन प्रवर्धनमा उक्त प्लेटफम सक्दो सदुपयो गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij